दफा १०
नेपाल सरकारले जलस्रोतको उपयोग वा विकास गर्न सक्ने

(१) नेपाल सरकारले आफैँले कुनै जलस्रोतको उपयोग वा विकास गर्नमा यस ऐनको कुनै कुराले बाधा पु¥याएको मानिने छैन ।
(२) कसैले यस ऐन बमोजिम उपयोग गरेको जलस्रोत र सोसँग सम्बन्धित जग्गा, भवन, उपकरण तथा संरचना व्यापक सार्वजनिक उपयोगका लागि नेपाल सरकारले आफूले लिई विकास गर्न सक्नेछ ।
स्पष्टीकरण ः यस ऐनको प्रयोजनको लागि “व्यापक सार्वजनिक उपयोग” भन्नाले भैरहेको उपयोगबाट लाभान्वित भएका जनसंख्यालाई उल्लेखनीय प्रतिकूल असर नपारी सो भन्दा बढी जनसंख्यालाई लाभ हुने उपयोगलाई जनाउनेछ ।
(३) उपदफा (२) बमोजिम आफूले लिएको जलस्रोतको उपयोगसित सम्बन्धित जग्गा, भवन, उपकरण वा संरचना वापत नेपाल सरकारले सम्बन्धित व्यक्तिलाई तोकिएबमोजिम क्षतिपूर्ति दिनेछ ।
(४) उपदफा (३) बमोजिम दिइने क्षतिपूर्तिको रकम उपदफा (२) बमोजिम नेपाल सरकारले लिएको जग्गा, भवन, उपकरण तथा संरचनाको वर्तमान मूल्य (त्यसमा भएको टुटफुट र साधारण प्रयोगबाट भएको ह्रास कटाइ) को आधारमा निर्धारित गरिनेछ ।